विवाह पञ्चमीको तयारीमा जनकपुरधाम
धनुषा, कात्तिक २७ : जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ। आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई...
धनुषा, कात्तिक २७ : जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ। आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गरेका छन् ।
उनले विवाह पञ्चमीमा विभिन्न स्थानबाट पाहुना आउने र यसका लागि उपमहानगरले सरसफाइमा ध्यान नदिएकाले नगरवासीलाई सरसफाइमा लाग्नसमेत आग्रह गरे।
महोत्सवको तयारीका लागि शुक्रबार जानकी मन्दिरमा सर्वपक्षीय बैठक बसेको थियो। उक्त बैठकले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्था, रङ्गभूमिमा द्वार निर्माण, पण्डाल व्यवस्थापन, यातायात व्यवस्था, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचारलगायत उपसमिति गठन गरेको महन्थ दासले बताए।
महोत्सवको पहिलो दिन मङ्सिर जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन सीता–राम स्वयंवर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको बिदाइ गरेर समापन गरिन्छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
