Kathmandu Press

बुढानिलकण्ठबाट पाँच लाखसहित आठ जुवाडे पक्राउ

बुढानिलकण्ठबाट पाँच लाखसहित आठ जुवाडे पक्राउ

काठमाडौं, कात्तिक २७ : बुढानिलकण्ठ नगरपालिका –११ पौटार गौरिगाँउबाट ८ जना जुवाडेलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार मध्यराति प्रहरीले ५ लाख ११ हजार ५०० सहित उनीहरूलाई पक्राउ गरेको हो।

सुमन खड्काले जग्गा भाडामा लिएर टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीसहितलाई पक्राउ गरेको हो।

खड्काले तरकारी खेतीका लागि टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।

पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १०:५५ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्