सप्तरीमा जीप दुर्घटना, पत्रकार डायलसन अधिकारीको मृत्यु
सप्तरी, साउन ३२ : सप्तरीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
कञ्चनरूप नगरपालिका–....

सप्तरी, साउन ३२ : सप्तरीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
कञ्चनरूप नगरपालिका–११ बक्साह चोकमा शनिबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बा १६ च २२३५ नम्बरको जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको हो।
पूर्वतर्फ जाँदै गरेको जीपमा अधिकारीसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ। मृतक अधिकारी रेडियो नेपालका बुटवल सम्वाददाता हुन्।
तिलोत्तमा नगरपालिकाले असोजमा गर्न लागेको लगानी सम्मेलनको प्रचार प्रसारका लागि नगरपालिकाको टोलीसँगै अधिकारी पनि पूर्व जिल्लाको भ्रमणमा निस्केका थिए।
दुर्घटनामा घाइते भएका तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल, तिलोत्तमा वडा नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे र जिप चालकको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

-1784896419.png)









