Kathmandu Press

आगलागीबाट धनमाल जलेर नष्ट 

काठमाडौं, कात्तिक २६ : सप्तरीको राजविराज नगरपालिका ७ को ईलेक्ट्रोनिक पसलमा विद्युतको तार सर्ट भई आगलागी भएको छ। स्थानीय ५० वर्षीय वीरेन्द्र नारायण साहको बिबेक...
आगलागीबाट धनमाल जलेर नष्ट 

काठमाडौं, कात्तिक २६ : सप्तरीको राजविराज नगरपालिका ७ को ईलेक्ट्रोनिक पसलमा विद्युतको तार सर्ट भई आगलागी भएको छ। 

स्थानीय ५० वर्षीय वीरेन्द्र नारायण साहको बिबेक ईलेक्ट्रोनिक पसलमा शुक्रबार बिहान आगलागी हुँदा पसलभित्रको करिब १० लाख रुपैयाँ बराबरको विभिन्न सामान जलेर नष्ट भएको छ। 

पर्सा, छिपहरमाई गाउँपालिका ५ भिष्वा बस्ने सत्रुधन तिवारीको घरमा बालेको घुरबाट शुक्रबार बिहान आगलागी हुँदा घरभित्र रहेका ५ वटा खसी जलेर मर्नुका साथै बिआर २२ बि ४६७२ नम्बरको मोटरसाइकल समेत जलेर करिब ३ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ।
 
प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:०५ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्