अवैध लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौं, कात्तिक २६ : काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषध खैरो हेरोइनसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले...
काठमाडौं, कात्तिक २६ : काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषध खैरो हेरोइनसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले दाङको राप्ती नगरपालिकाका २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिकाका २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिकाका २२ वर्षीय बिनोद नाथ योगी, काठमाडौं महानगरपालिका ५ हाँडीगाउँका ३२ वर्षीय गौतम केसी, काठमाडौं बुढानिलकण्ड नगरपालिका १० का २५ वर्षीय मिजम तामाङ, काभ्रे धुलिखेल नगरपालिका २ का ३८ वर्षीय शुसिल श्रेष्ठ, भोजपुर टेम्केमयुङ गाउँपालिका ९ का २६ वर्षीय मिडे शेर्पा, काठमाडौं महानगरपालिका १० का ३० वर्षीय दिपु भन्ने रणदिप थापा र २६ वर्षीय शिरिष खत्रीलाई पक्राउ गरेको छ।
उनीहरूमध्ये प्रयास थापालाई १ सय मिलिग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित सडक किनारबाट सोमबार, सागर शाहीलाई २८ ग्राम खैरो हेरोइन तथा नगद ७५ हजार ५ सय रुपैयाँ सहित काठमाडौं महानगरपालिका २९ बाट मंगलबार, बिनोद नाथ योगीलाई १ थान डिजिटल तराजुसहित काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ स्थित सडक किनारबाट मंगलबार, गौतम केसीलाई ५ सय मिलिग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका ६ बौद्ध सडक किनारबाट सोमबार, मिजम तामाङलाई ४ ग्राम ५ सय मिलीग्राम खैरो हेरोइन तथा नगद ३५ हजार रुपैयाँ सहित उनकै डेराकोठाबाट सोमबार, शुसिल श्रेष्ठलाई १ ग्राम खैरो हेरोइन तथा नगद ९ हजार ५ सय रुपैयाँ सहित मिजम तामाङको डेराकोठाबाट सोमबार, मिडे शेर्पालाई २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु तथा ७ थान आईएमईको रसिद सहित काठमाडौं महानगरपालिका-७ गंगाहिटी सडक किनारबाट सोमबार, रणदिप थापालाई साथबाट ३ ग्राम खैरो हेरोइन तथा नगद ९ हजार ५ सय रुपैयाँ र उनकै डेराकोठाबाट थप २१ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन तथा डिजिटल तराजु सहित बुधबार र उनीसँगै रहेका शिरिष खत्रीलाई नगद ४ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।
उनीहरूउपर थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
