Kathmandu Press

१ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ 

रौतहट, कात्तिक २६ :  गौर नगरपालिका ४ गढवा टोलस्थित गौर चपुर सडकखण्डबाट प्रहरीले १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ...
१ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ 

रौतहट, कात्तिक २६ :  गौर नगरपालिका ४ गढवा टोलस्थित गौर चपुर सडकखण्डबाट प्रहरीले १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

शुक्रबार बिहान प्रहरीले रोकी राखेको ना.६ ख ५९४३ नम्बरको ट्रकबाट चालक मकवानपुर थाहा नगरपालिका १२ का २५ वर्षीय सुरेन्द्र गोले र १९ वर्षीय रित्तम तामाङलाई पक्राउ गरेको हो। 

Hardik ivf

विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त ट्रक जाँच गर्ने क्रममा ट्रकको चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरेको १२ पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्