वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन
काठमाडौं, साउन ३२ : वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी ७३ वर्षको उमेरमा निधन भएको छ।
अधिकारीको शनिबार बिहान डल्लुस्थित निवासमा निधन भएको ....

काठमाडौं, साउन ३२ : वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी ७३ वर्षको उमेरमा निधन भएको छ।
अधिकारीको शनिबार बिहान डल्लुस्थित निवासमा निधन भएको हो। अधिकारी पछिल्लो समय दम रोगबाट ग्रसित थिइन्।
अभिनेत्री अधिकारीले कन्यादान फिल्ममा छच्ची सासुको भूमिकामा खेलेकी थिइन्। उनले दर्जनौं नाटक, टेलिश्रृंखला र फिल्ममा चरित्र अभिनेत्रीका रुपमा खेलेकी छिन्। बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’लगायत धेरै नाटकहरुमा सुभद्राले अभिनय गरेकी छिन्।
‘मनको बाँध’बाट चलचित्रमा अभिनयको थालनी गरेकी सुभद्राले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, सिन्दुर, सन्तान लगायत थुप्रै फिल्ममा अभिनय गरेकी थिइन्।
२००३ सालमा जन्मिएकी अधिकारीका एक छोरा र छोरी छन्।

-1784896419.png)









