लेवान्डोस्कीले बार्यनलाई हारबाट जोगाए
काठमाडौं, साउन ३२ : डिफेन्डिङ लिग च्याम्पियन बार्यन म्युनिख हर्था वर्लिनसँग बराबरीमा रोकिएको छ।
गएराति भएको बुन्डेसलिगाको पहिलो ख....
काठमाडौं, साउन ३२ : डिफेन्डिङ लिग च्याम्पियन बार्यन म्युनिख हर्था वर्लिनसँग बराबरीमा रोकिएको छ।
गएराति भएको बुन्डेसलिगाको पहिलो खेलमा बार्यन म्युनिख हर्था वर्लिनसँग २–२ गोलको बराबरीमा रोकिएको हो। बार्यनलाई हारबाट जोगाउन रोबर्ट लेवान्डोस्की नायक बने।
खेलको २४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ३६ औं मिनेटमा वर्लिनका लागि डोडी लुकेबाकियोले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए।
त्यसको दुई मिनेटपछि खेलको ३८ औं मिनेटमा मार्को ग्रुजिकले गोल गर्दै हर्था वर्लिनलाई २–१ को अग्रता दिलाए। पहिलो हाफमा २–१ ले पछि परेको बार्यनलाई हारबाट जोगाउन लेवान्डोस्कीले खेलको ६० औं मिनेटमा गोल गरे।
६० औं मिनेटमा पाएको पेनाल्टीमा लेवान्डोस्कीले गोल गरेपछि बार्यन हारबाट जोगिदै अंक खोस्न सफल भयो। बराबरी खेलेका दुवै टोलीले १–१ अंक बाँडेका छन्।