Kathmandu Press

हाजार्ड घाइते, केही साता मैदान बाहिरै रहने

काठमाडौं, साउन ३२ : रियल मड्रिडका स्टार खेलाडी इडेन हाजार्ड घाइते भएका छन्। 

रियल मड्रिडले हाजार्डको बायाँ तिघ्रामा चोट लागेको र केही स....

हाजार्ड घाइते, केही साता मैदान बाहिरै रहने

काठमाडौं, साउन ३२ : रियल मड्रिडका स्टार खेलाडी इडेन हाजार्ड घाइते भएका छन्। 

रियल मड्रिडले हाजार्डको बायाँ तिघ्रामा चोट लागेको र केही साता मैदान बाहिर रहने पुष्टि गरेको छ। यसै सिजन इंग्लिश क्लब चेल्सीबाट रियल आएका हाजार्डको ला लिगाको डेब्यू केही समय पछि धकेलिएको छ। 

रियल मड्रिडले शनिबार सेल्टा भिगोसँग खेलेर लिगको सुरुवात गर्दैछ। तर, त्यो खेलमा हाजार्ड मैदानमा उपलब्ध हुने छैनन्।  

प्रशिक्षक जिनेदिन जिदानले पनि हाजार्ड चोटका कारण केही साता मैदान बाहिर हुने बताएका छन्। उनका अनुसार हाजार्ड पहिलो अन्तर्राष्ट्रिय विश्रामपछिमात्रै खेलमा फर्किन सक्ने छन्। 

हाजार्ड मैदान बाहिर रहने भएपछि जिदानले उनको ठाउँमा ग्यारेथ बेल र जेम्स रोड्रिग्वेजलाई मैदान उतार्ने छन्। उनीहरुलाई सेल्टा भिगोविरुद्धको खेलका लागि टोलीमा समावेश पनि गरिएको छ।

 

प्रकाशित मिति: ०७:०९ बजे, शनिबार, साउन ३२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्