Kathmandu Press

लक्षित समुदायलाई जनगणनामा प्राथमिकता दिन इन्सेककाे अपिल

काठमाडौं, कात्तिक २६ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लक्षित समूह र समुदायलाई प्राथमिकता दिएर जनगणनाको विवरण टिप्न र टिपाउन सरोकारवाला समक्ष अपिल...
लक्षित समुदायलाई जनगणनामा प्राथमिकता दिन इन्सेककाे अपिल

काठमाडौं, कात्तिक २६ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लक्षित समूह र समुदायलाई प्राथमिकता दिएर जनगणनाको विवरण टिप्न र टिपाउन सरोकारवाला समक्ष अपिल गरेको छ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा आज जारी अपिलमा गणनामा यथार्थ विवरण छुटे राज्यले लिने नीति तथा कार्यक्रमबाट लक्षित समूह वञ्चित हुन सक्ने भएकाले तथ्य तथ्याङ्कमा त्रुटि हुन नहुनेतर्फ सचेत गराइएको छ।

Hardik ivf

सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ महाभियानका रूपमा प्रारम्भ गरिएको जनगणना सफल पार्न हामी सबै नेपालीको महत्वपूर्ण जिम्मेवारी रहने अपिलमा भनिएको छ।

यही कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म घरघरमा आउने गणकलाई आफ्नो परिवारमा रहेका व्यक्तिको र सोधिएका प्रश्नको विस्तृत विवरण दिनका लागि अपिल गरिएको छ। जनगणना सफल पार्न सचेत नागरिक, सामाजिक सङ्घसंस्था सबैले आफ्नोतर्फबाट भूमिका खेल्न सबैलाई इन्सेकले आग्रह गरेको छ।

तथ्याङ्क विभागले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो पारिवारिक तथ्याङ्क लिएर औपचारिक रुपमा जनगणना प्रारम्भ गरेको थियो ।

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्