लागूऔषधसहित दाङमा दुईजना पक्राउ
दाङ, कात्तिक २६ : राप्ती गाउँपालिका-१ पाखापानीबाट १ ग्राम ९२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुईजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ...
दाङ, कात्तिक २६ : राप्ती गाउँपालिका-१ पाखापानीबाट १ ग्राम ९२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुईजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय उमेश गुरुङ छन्।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)