Kathmandu Press

ब्राजिलियन स्टार काउटिन्हो वार्यन म्युनिखमा 

काठमाडौं, साउन ३२ : बार्सिलोनाका मिडफिल्डर  फिलिप काउटिन्हो जर्मन क्लब वार्यन म्युनिख जाने पक्का भएको छ। 

बार्सिलोना र जर्मन क्लब ....

ब्राजिलियन स्टार काउटिन्हो वार्यन म्युनिखमा 

काठमाडौं, साउन ३२ : बार्सिलोनाका मिडफिल्डर  फिलिप काउटिन्हो जर्मन क्लब वार्यन म्युनिख जाने पक्का भएको छ। 

बार्सिलोना र जर्मन क्लब वार्यनबीच काउटिन्होका विषयमा सहमति भएको छ। वार्यनले काउटिन्होलाई एक वर्ष लोनमा लैजाने टुंगो पनि लागेको छ।

लोनमा वार्यन म्युनिख जाने पक्का भएपछि बार्सिलोनाले काउटिन्होलाई एथ्लेटिको बिल्बाओविरुद्धको खेलमा टोलीमा समावेश गरेको थिएन। वार्यनले एक वर्षपछि काउटिन्होलाई किन्न मिल्ने सर्तसहित लोनमा अनुबन्ध गर्ने विषय टुंगो लगाएको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन्। 

२७ वर्षीय मिडफिल्डर काउटिन्हो अघिल्लो सिजनमात्रै इंग्लिश क्लब छोडेर बार्सिलोनामा महँगो रकममा आबद्ध भएका थिए।

तर, उनले बार्सिलोनामा आफ्नो प्रभाव जमाउन सकिरहेका थिएनन्। काउटिन्हो प्रिमियर लिग फर्किने हल्ला चलेपनि अन्नतः जर्मन क्लब जाने टुंगो लागेको हो। यो सहमतिलाई औचारिकता दिन भने बाँकी छ।

बार्सिलोनाबाट काउटिन्होले ७६ खेल खेल्दै  २१ गोल गरेका थिए।
 

प्रकाशित मिति: ०६:५५ बजे, शनिबार, साउन ३२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्