Kathmandu Press

५० लाख ठगी गरेको अभियोगमा एकजना पक्राउ   

५० लाख ठगी गरेको अभियोगमा एकजना पक्राउ   

काठमाडौं, कात्तिक २६ : विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने भारत कोडामबाक्कम चेन्नाई तामिलनाँडु घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

शिवमले आफू मेडिकल व्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भइरहेको भनी झुट्टा कागजात र कुराकानी तयार गरि विभिन्न व्यक्तिहरूलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गर्ने गरेको जनाइएको छ।

Hardik ivf

त्यस्तै विभिन्न व्यक्तिहरूको स्वामित्वको जमिनको लालपूर्जा आफ्नो नियन्त्रणमा लिई ठगी गर्ने गरेको, विभिन्न बैंक तथा बित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनी झुट्टा कागजात तथा बिवरण देखाई ठगी गर्ने गरेको पनि जनाइएको छ।

आफूलाई इन्टरनेसनल कमिटी अफ द रेडक्रस (आइसिआरसी) को डाईरेक्टर भएको भनी नक्कली परिचयपत्र देखाई सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध  रहेको देखाउने, विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखी सो नागरिकतामार्फत बैंक खाता सञ्चालन गरी ठगीमार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेको भन्ने जस्ता सूचनाका आधारमा महानगरिय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बालुवाटारबाट उनलाई पक्राउ गरेको हो।

उनले विभिन्न बर(बहाना अनुसार नै विभिन्न व्यक्तिबाट पटकपटक गरी उक्त रकम बराबरको ठगी गरेको तथा अन्य व्यक्तिहरुसँग समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहीले जनाएको छ।

उनी २०७२ जेठ २२ गते पक्राउ परी वैदेशिक रोजगारी सम्बन्धी कसुरमा डिल्ली बजारमा २ वर्ष कैद तथा ३ लाख ५० हजार रुपैयाँ रकममा रिहा भएको अनुसन्धानबाट खुल्न आएको छ । 

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ। 
 

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्