ला लिगाको पहिलो खेलमै बार्सिलोना पराजित
काठमाडौं, साउन ३२ : डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले ला लिगामा खराब सुरुवात गरेको छ।
गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओसँग बार्सिलोन....
काठमाडौं, साउन ३२ : डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले ला लिगामा खराब सुरुवात गरेको छ।
गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओसँग बार्सिलोना १–० ले पराजित हुँदै ला लिगामा खराब सुरुवात गरेको हो। स्टार खेलाडी लियोनल मेसीविना मैदान उत्रिएको बार्सिलोनाले खेलमा गोल केही राम्रा अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन।
पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरीमा खेलेका थिए। पहिलो हाफमै लुइस स्वारेज चोट बोक्दै मैदानबाट बाहिरिएपछि बार्सिलोनाले थप संकटमा परेको थियो।
खेलको ८९ औं मिनेटमा एथ्लेटिको बिल्बाओका ३८ वर्षीय भेट्रान खेलाडी अर्टिच अडुरिचले गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाएका हुन्। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अडुरिच नायक बन्दा बार्सिलोनाले लिगमा सुखद् सुरुवात गर्न सकेन।
जर्मन क्लब वार्यन म्युनिख जाने लगभग टुंगो लागेपछि प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्होलाई टोलीमा समावेश गरेका थिएनन्।
मेसी र काउटिन्हो टिममा नरहेको खेलमा बार्सिलोनाको अग्रपंक्ति उसामाने डेम्बेले, एन्टिनियो ग्रिजम्यान र लुइस स्वारेजले सम्हालेका थिए।
एथ्लेटिको मड्रिडबाट महँगो रकममा बार्सिलोना आएका ग्रिजम्यानले लिगको डेब्यू खेलमा आफ्नो प्रभाव छोड्न सकेनन्।