Kathmandu Press

करेन्ट लागेर युवकको मृत्यु 

करेन्ट लागेर युवकको मृत्यु 

तनहुँ, कात्तिक २६ : आफ्नै घरमा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ।

शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो। 

राना आफ्नै कोठामा अचेत भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ। करेन्ट लागेर ४१ वर्षीय दलबहादुर राना र २४ वर्षीया सोममाया थापा मगर घाइते भएका हुन्।

सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाका कर्मचारीको लापरवाहीले करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझ्न मानेका छैनन्। ग्रामीण 

विद्युतीकरणले मृतकको परिवारलाई रु. २५ लाख दिनुपर्ने माग छ । 

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्