Kathmandu Press

तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

 काठमाडौं, कात्तिक २६ : काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने संजिव देउलाको घरमा तास खेलिरहेको अवस्थामा देउला लगायत आठजनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।उनको...
तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

 काठमाडौं, कात्तिक २६ : काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने संजिव देउलाको घरमा तास खेलिरहेको अवस्थामा देउला लगायत आठजनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार १ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। 

Hardik ivf

यसैगरी  दक्षिणकाली नगरपालिका–९ हुडुस्थित निरज महर्जनको खाजा पसलको टहरामा तास खेलिरहेको अवस्थामा सोही नगरापलिका–५ बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८६ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। 

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्