नक्कली नोटसहित कैलालीमा दुईजना पक्राउ

कैलाली, कात्तिक २६ : बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट १ हजार दरको ४० थान नक्कली नोटसहित दुईजनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी रहेको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १२:२७ बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)