मोटरसाइकल दुर्घटनामा झापामा एकको मृत्यु
झापा, कात्तिक २६ : मोटरसाइकल दुर्घटनामा झापामा एक जनाको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा...
झापा, कात्तिक २६ : मोटरसाइकल दुर्घटनामा झापामा एक जनाको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा कमल गाउँपालिका–५ का २४ वर्षीय डिल्लीराम शाहीको निधन भएको हो।
शाही सवार मोटरसाइकल बिहीबार अपरान्ह लभडाँडामा दुर्घटना भएको थियो। उनको उपचारका क्रममा शुक्रबार बिहान उपचारका क्रममा भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०२–०४१प २००० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा पछाडि सवार घाइते इटहरी–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
