Kathmandu Press

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

रोल्पा, कात्तिक २६ : रोल्पाको जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरु भएको छ।एमडीजीपी तहका चार जना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरु गरेसँगै अन्यत्र...
रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

रोल्पा, कात्तिक २६ : रोल्पाको जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरु भएको छ।

एमडीजीपी तहका चार जना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरु गरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको अस्पतालले जनाएको छ।

निक साइमन्स इन्स्टिच्युटको सहयोगमा डा. रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले सेवा सुरु गरेको अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए। दुर्गम जिल्लाका बिरामीको सेवा गर्न पाएकामा खुशी लागेको डा. बोगटीको भनाइ छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा सुरु भएसँगै यहाँका बिरामी अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने विश्वास लिएको बताए।

प्रकाशित मिति: ०८:०५ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्