Kathmandu Press

बाजुरामा गाडीको भाडा तोकियो, बढी लिए कारबाही हुने

बाजुरा, कात्तिक २६ : बाजुराका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका गाडीको भाडादर निर्धारण गरिएको छ।यातायात व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको...
बाजुरामा गाडीको भाडा तोकियो, बढी लिए कारबाही हुने

बाजुरा, कात्तिक २६ : बाजुराका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका गाडीको भाडादर निर्धारण गरिएको छ।

यातायात व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका गाडीको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

Hardik ivf

उनका अनुसार जिल्लाका विभिन्न सडकमा चल्ने गाडीले यात्रुबाट चर्को भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो।

पूर्वी तथा उत्तरी भेग कोल्टी–मार्तडी सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको प्रतिकिलोमिटर १८ का दरले ७५० भाडा तोकिएको छ। त्यस्तै, कोल्टीबाट कवाडी, धुलाचौर, पिलुचौर र जुड्डीसम्म चल्ने सवारीले प्रतिकिलोमिटर १५ का दरले भाडा लिने यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमति भएको छ।

साँफे–मार्तडी–कोल्टी सडक सञ्चालनमा आइरहेकाले कोल्टी वा सो भेगका इन्धन व्यवसायीले सम्भव भएसम्म साँफे बगरबाट इन्धन ल्याउने तथा मार्तडीमा कायम भएको मूल्यभन्दा प्रतिलिटर १५ सम्म बढी शुल्क लिई बिक्री गर्न पाउने निर्णय भएको छ।

प्रशासनले निर्धारण गरेको भाडादरभन्दा बढी लिएको पाइएमा व्यवसायीलाई कानुनी कारबाही गरिने उनले बताए। (रासस)

प्रकाशित मिति: ०७:५६ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्