Kathmandu Press

नेकपा (माले) को महाधिवेशन पनि चितवनमा

चितवन, कात्तिक २६ : नेकपा (माले) को आठौँ राष्ट्रिय महाधिवेशन पनि चितवनमा हुने भएको छ।यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला...
नेकपा (माले) को महाधिवेशन पनि चितवनमा

चितवन, कात्तिक २६ : नेकपा (माले) को आठौँ राष्ट्रिय महाधिवेशन पनि चितवनमा हुने भएको छ।

यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो। महाधिवेशन मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

Hardik ivf

समितिका संयोजक एवं मालेका स्थायी कमिटी सदस्य दीननाथ घिमिरेका अनुसार महाधिवेशनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ। मालेका महासचिव सिपी मैनालीद्वारा उद्घाटन हुने सो महाधिवेशनमा देशभरका ३५० प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

गत वैशाखमा गर्ने भनिएको महाधिवेशन कोरोना कहरका कारण सारिएको थियो। स्वास्थ्य मापदण्ड पालनाका लागि थोरै प्रतिनिधिका बीच महाधिवेशन गर्न लागिएको उनले बताए।

यस महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ। समितिले पोलिटब्यूरो सदस्य, स्थायी कमिटी र महासचिव निर्वाचित गर्नेछ।

 

प्रकाशित मिति: ०७:१४ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्