कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा थापा
काठमाडौं, कात्तिक २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष डा निरेश थापालाई दिएको छ। स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका...
काठमाडौं, कात्तिक २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष डा निरेश थापालाई दिएको छ।
स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको उपस्थितिमा आज बसेको मन्त्रिस्तरीय निर्णयले सोही प्रतिष्ठानका शिक्षाध्यक्ष डा थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो। मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव प्रकाश अधिकारीले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त उपकुलपतिमा जिम्मेवारी दिइएको बताए।
गत मङ्गलबार स्वास्थ्यमन्त्री खतिवडाको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई काम काज गर्न रोक लगाएको थियो।
प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
