Kathmandu Press

मुख्यमन्त्री राउतद्वारा जनगणनामा सही तथ्याङ्क लेखाउन अनुरोध

धनुषा, कात्तिक २५ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनगणनामा सही तथ्याङ्क लेखाउन प्रदेशवासीसँग अनुरोध गरेका छन्। मुख्यमन्त्री राउतले एक विज्ञप्ति जारी गर्दै...
मुख्यमन्त्री राउतद्वारा जनगणनामा सही तथ्याङ्क लेखाउन अनुरोध
Hardik ivf

धनुषा, कात्तिक २५ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनगणनामा सही तथ्याङ्क लेखाउन प्रदेशवासीसँग अनुरोध गरेका छन्। 

मुख्यमन्त्री राउतले एक विज्ञप्ति जारी गर्दै जनगणना लिन आउने सुपरीवेक्षक वा गणकलाई सही विवरण टिपाउन अनुरोध गरेका हुन्।

मुख्यमन्त्री राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘जनगणनामा गणकले सोधेका प्रश्नको सही उत्तर दिउँ। तपाईले टिपाएका तथ्याङ्क गोप्य रहन्छन्। यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भङ्ग गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुन्छ। त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु पर्दैन।’ मुख्यमन्त्री राउतले राज्यको पुनःसंरचनापछि अर्थात् देशले सङ्घीय शासन प्रणाली अँगालेपछिको यो पहिलो जनगणना भएकाले यसपटकको जनगणना खास महत्वको रहेको बताए।

प्रकाशित मिति: १९:३३ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्