Kathmandu Press

चोरीको मोटरसाईकलसहित एक जना पक्राउ 

काठमाडौं, कात्तिक २५ : काठमाण्डौंको तार्केश्वरबाट चोरीको मोटरसाईकलसहित एक जनालाई हित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ। सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले...
चोरीको मोटरसाईकलसहित एक जना पक्राउ 

काठमाडौं, कात्तिक २५ : काठमाण्डौंको तार्केश्वरबाट चोरीको मोटरसाईकलसहित एक जनालाई हित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ। 

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका – ४, पुरानो गुहेश्वरीबाट कालो रंङको २०० सी.सी.को एन.एस पल्सर मोटरसाईकलको बास्तविक नम्वर परिवर्तन गरि बा. प्र. ०२ ०१८ प ४३०१ नम्वर हालेर चलाइरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। 

Hardik ivf

प्रहरीे किर्तिपुर नगरपालिका २ चाँदनीचोक बस्दै आएका २८ वर्षीय बुद्ध बहादुर तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। 

उक्त मोटरसाईकलको वास्तविक नम्बर प्र.३ ०२ ०१० प ६९०३ रहेको खुल्न आएको पनि उनले बताए।

पक्राउ भएको मोटरसाइकल २०७७ सालको फाल्गुन महिनामा नरेफाँटबाट हराएको भनी काठमाण्डौं  ३२, कोटेश्वर बस्ने अनिमेष श्रेष्ठले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए। 

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाइएको छ।

प्रकाशित मिति: १९:११ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्