Kathmandu Press

सरकारले कर्मचारीको मुख हेरेर सरुवा बढुवा गर्दैन : मन्त्री पण्डित

पर्वत, साउन ३१ :  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताएका....

सरकारले कर्मचारीको मुख हेरेर सरुवा बढुवा गर्दैन : मन्त्री पण्डित

पर्वत, साउन ३१ :  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताएका छन्। 

प्रेस सङ्गठनले शुक्रबार कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले स्वेच्छाचारी ढङ्गले नभइ योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताएका हुन्। मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने उल्लेख गर्दै उनले निर्ममम ढङ्गले निर्णय लिइने बताए।

मन्त्री पण्डितले तिहारभित्र लोकसेवा आयोगले नतिजा प्रकाशन गरिसक्ने बताउँदै त्यसपछि कुनै पनि तहमा कर्मचारीको अभाव नहुने जिकिर गरे। उनका अनुसार अहिले झण्डै ३२ हजार कर्मचारीको अभाव रहेको छ। उनले लोकसेवा आयोगले इतिहासमै पहिलोपटक ठूलो सङ्ख्यामा कर्मचारी भर्ना गर्न लागेको बताए।

मन्त्री पण्डितले यो वर्षदेखि सेवा प्रवाहमा कुनै समस्या नहुनेसमेत जानकारी दिए। मन्त्री पण्डितले सङ्घीय निजामती ऐन अन्तिमचरणमा रहेकाले यसै साता संसद्बाट पारित हुने बताए। उनले काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाही गर्ने गरी ऐन ल्याउन लागिएको जानकारी दिए।

कार्यालय समयमा कर्मचारी ट्रेड यूनियन नहुने उल्लेख गर्दै मन्त्री पण्डितले सामूहिक राजीनामा दिनेलाई तत्काल बिदाइ गरिने बताए।
 

प्रकाशित मिति: १९:२२ बजे, शुक्रबार, साउन ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्