Kathmandu Press

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

रुपन्देही, कात्तिक २५ : बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे एमाले बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।नगर कमिटीले डिभिजन सडक कार्यालयमार्फत व्यापारिक...
सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

रुपन्देही, कात्तिक २५ : बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे एमाले बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।

नगर कमिटीले डिभिजन सडक कार्यालयमार्फत व्यापारिक मार्ग विस्तार परियोजना कार्यालय, सम्बन्धित मन्त्रालय, निर्माण कम्पनी र सरकारको ध्यानाकर्षण गराएको हो।

Hardik ivf

नगर कमिटीले गोलपार्कदेखि बेलहिया नाकासम्मको व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बाँकी खण्डको काम सम्पन्न भए पनि राजमार्ग चौराहाबाट गोलपार्कसम्मको सडकखण्ड वर्षौंसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धनमा अवरोध सिर्जना भएको जनाएको छ।

‘ढिलासुस्तीले पर्यावरण र वातावरणमा क्षति पुगेको छ, पर्यटकलाई समेत समस्या भएको छ,’ सडक कार्यालयका प्रमुख जयलाल मरासिनीलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ। धुवाँधुलोले बुटवल धुलाम्य हुँदा नागरिकको स्वास्थ्यमा  असर पुगेको विज्ञप्तिमा उल्लेख छ। ध्यानाकर्षणपत्र बुझाउँदै नगर कमिटी अध्यक्ष किसन ज्ञवालीले नागरिकको जीवनसँगै बुटवलको गौरव र सुन्दरतासँग गरिएको खेलवाडले पीडावोध गराएको बताए। 

‘चार–पाँच वर्षसम्म सडक क्षेत्राधिकारभित्रका संरचना हटाउने र सडक क्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा यसको निर्माणमा किन ढिलाइ गरिएको छ रु बारम्बार निर्माण व्यवसायीको म्याद थप्दै जाने र निर्माण व्यवसायीले भने काम नगर्ने अवस्था कहिलेसम्म?’ उनले प्रश्न गरे।

एमालेका नेता गोपाल रानाले सडकमा परेका खाल्डाखुल्डीलाई पुर्ने, सडकको रिसोलिङ गर्ने र नियमित राजमार्ग सरसफाइ गर्ने काम तत्काल अगाडि बढाउन माग गरे। 

ध्यानाकर्षणपत्र बुझ्दै डिभिजन प्रमुख मरासिनीले सडक निर्माणका क्रममा केही स्थानीयवासी अदालत गएपछि अवरोध सिर्जना भएको बताए। निर्माण कम्पनीका कारण काममा ढिलाइ भएको उनको भनाइ छ। काम अघि नबढाए निर्माण कम्पनीको बजेट रोक्का गर्ने उनले बताए। 

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्