Kathmandu Press

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चढेको हेलिकप्टर आकस्मिक अवतरण

रूकुम, साउन ३१ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ।

मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर....

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चढेको हेलिकप्टर आकस्मिक अवतरण

रूकुम, साउन ३१ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ।

मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।  

बागलुङको ढोरपाटन आएका तिमिल्सिना पोखरा जाने क्रममा मौसममा खराबी आएपछि हेलिकप्टर रूकुममा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, साउन ३१, २०७६