Kathmandu Press

धादिङ, सोलुखुम्बु र सप्तरीमा एकएकजना मृत फेला

काठमाडौं, कात्तिक २५ : धादिङ, सोलुखुम्बु र सप्तरीमा एकएकजना मृत फेला परेका छन्।    धादिङको धुनिबेंसी नगरपालिका-१ डाडाँगाउँ बस्ने ६० वर्षीया तीर्थमाया तामाङ...
धादिङ, सोलुखुम्बु र सप्तरीमा एकएकजना मृत फेला

काठमाडौं, कात्तिक २५ : धादिङ, सोलुखुम्बु र सप्तरीमा एकएकजना मृत फेला परेका छन्।    

धादिङको धुनिबेंसी नगरपालिका-१ डाडाँगाउँ बस्ने ६० वर्षीया तीर्थमाया तामाङ आफ्नै घरको बरन्डामा बिहीबार मृत अवस्थामा फेला परेकी छन्। घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-११ बेलिडाडा बस्ने ढक बहादुर खत्रीकी आठ महिनाकी छोरी थलमाया खत्री सुतिरहेको अवस्थामा बिहीबार मृत फेला परेकी छन्। 

सप्तरीको राजविराज नगरपालिका-१२ दामाबती टोलस्थित गोरेटो बाटोको छेउको कुलोमा हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन्। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्