लागुऔषधसहित एकजना पक्राउ
सिरहा, कात्तिक २५ : मिर्चैया नगरपालिका–४ बस्ने २८ वर्षीय अनिथा महरालाई १ सय ५० एम्पुल नियन्त्रित लागूऔषध नाइट्राभेट र करिब १ सय ग्राम...
सिरहा, कात्तिक २५ : मिर्चैया नगरपालिका–४ बस्ने २८ वर्षीय अनिथा महरालाई १ सय ५० एम्पुल नियन्त्रित लागूऔषध नाइट्राभेट र करिब १ सय ग्राम अवैध लागुऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सोही ठाउँस्थित आँपको बगैंचामा घुमिरहेका अनिथालाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
