Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ 

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ 

महोत्तरी, कात्तिक २५  : बर्दिबास नगरपालिका–१ बर्दिवासस्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय दीपक शर्मालगायत १० जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ५ सय १५ रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्