Kathmandu Press

ए डिभिजन लिगको मिति सर्‍यो

ए डिभिजन लिगको मिति सर्‍यो

काठमाडौं, कात्तिक २५ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगताको मिति सारेको छ। एन्फाले लिगको मिति ४ दिन पछि सारेको हो। 

कात्तिक २९ गतेबाट सुरु हुने भनिएको लिग अब मंसिर ३ बाट सुरु हुनेछ। 

यसैगरी यो पटकबाट ए डिभिजन लिग सप्ताहन्तमा मात्र आयोजना हुने भएको छ। क्लबहरुको आग्रहमा एन्फाले लिग सातामा तीन दिन मात्र गराउने निर्णय गरेको हो। विदेशी लिगहरु जस्तै अब सहिद स्मारक ए डिभिजन लिग शुक्रबार, शनिबार र आइतबार मात्र आयोजना हुनेछ। 

ए डिभिजन लिग दोस्रो पटक सप्ताहन्तमा हुन लागेको हो । यसअघि २०५२मा पनि लिग सप्ताहन्तमा भएको थियो।

१४ टिम सहभागी लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्। उद्घाटन खेल फ्लर्ड लाइटमा हुनेछ।

अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुनेछ। लिग पोखरा रंगशालासँगै दरशद रंगशाला, च्यासल मैदान, एन्फा कम्प्लेकस र दरशथ रंगशालामा आयोजना हुँदैछ।

करिब चार महिना चल्ने लिगमा १३ राउन्डमा कुल ९१ खेल हुनेछ। लिगको विजतोले ७५लाख र उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै तेस्रो हुने टिमले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित मिति: १५:१२ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्