छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, कात्तिक २५ : विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ।
ललितपुरको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित सडकमा बा६ख १९३३ नम्बरको ट्रकले बा६७ प ४६८३ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटर चालक काभ्रे साँगा घर भएका २१ वर्षीय सोप्नील लामाको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएन्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरीको बलानबिहुल गाउँपालिका–६ सेहरास्थित सडकमा स७प १२१७ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय दिलीपकुमार राम र मोटरसाइकल चालक सोही गाउँपालिका–२ बस्ने २२ वर्षीय रन्जित कुमार मण्डल रहेका छन्।
उक्त मोटरसाइकलले पदैलयात्री दिलीप कुमारलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका दिलिप कुमारको उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै र रन्जितको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ बस्ने २३ वर्षीय त्रिभुवन पासवानको सोही अस्पतालमा उपचार भइरहेको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
