Kathmandu Press

चीनबाट ल्याइयाे थप १० लाख ५८ हजार डोज भेरोसेल खोप

काठमाडौं, कात्तिक २५ : विभिन्न देशबाट कोरोना भाइरसविरुद्धको खोप नेपाल आउने क्रम जारी छ।यसैबीच आज सरकारले ‘कस्ट सेयरिङ’मार्फत किनेको थप १० लाख ५८...
चीनबाट ल्याइयाे थप १० लाख ५८ हजार डोज भेरोसेल खोप

काठमाडौं, कात्तिक २५ : विभिन्न देशबाट कोरोना भाइरसविरुद्धको खोप नेपाल आउने क्रम जारी छ।

यसैबीच आज सरकारले ‘कस्ट सेयरिङ’मार्फत किनेको थप १० लाख ५८ हजार डोज भेरोसेल खोप चीनबाट नेपाल ल्याइउको छ।

चिनियाँ कार्गो विमानमार्फत आज बिहान सो परिमाणको खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले जनाएको छ।

यसअघि, बुधबार राति मात्र कोभ्याक्स सुविधा र स्विट्जरल्यान्ड सरकारको सहयोगमा ४ लाख ९२ हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको थियो।

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्