Kathmandu Press

खोलामा डुबेर तीनजनाको मृत्यु 

काठमाडौं, कात्तिक २५  : विभिन्न जिल्लामा खालामा डुबेर तीनजनाको मृत्यु भएकाे छ।रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बाग्मती खोलामा पौडी खेल्ने क्रममा डुबेर धनुषा मिथिला नगरपालिका–७...
खोलामा डुबेर तीनजनाको मृत्यु 

काठमाडौं, कात्तिक २५  : विभिन्न जिल्लामा खालामा डुबेर तीनजनाको मृत्यु भएकाे छ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बाग्मती खोलामा पौडी खेल्ने क्रममा डुबेर धनुषा मिथिला नगरपालिका–७ हरिहरपुर बस्ने १८ वर्षीय नवराज लामाको बुधबार दिउँसो मृत्यु भएको प्छहरीले जनाएको छ।

Hardik ivf

लामा पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पौराईबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी उपचारको लागि चपुरस्थित चन्द्रपुर प्रालि अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। 

मोरङको रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउने क्रममा डुबेर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेहरुमा भारत मध्यापुरा सिंहेश्वरथान बस्ने २१ वर्षीय बिटु कुमार साह र सोही ठाउँ बस्ने १८ वर्षीय राजा साह रहेका छन्।

रंगेली नगरपालिका–६ भन्सार टोल बस्ने सुरेश साहको घरमा पाहुना आएका अवस्थामा उक्त खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँमा राजाको शव फेला परेका हो भने बिटुलाई असक्त अवस्थामा फेला पारी उपचारको लागि रंगेली अस्पताल पठाएकोमा उपचारको क्रममा बिटुको मृत्यु भएको हो। 

सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित खाल्डोमा जमेको पानीमा डुबेर सोही ठाउँ बस्ने धिरेन्द्र गिरीको छोरा ८ वर्षीय सुवास गिरीको बुधबार राति मृत्यु भएको छ।

डुबेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै जिल्ला अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: १४:३९ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्