एक थान कटुवा पेस्तोल बरामद
बारा, कात्तिक २५ : जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित बाहुनी खोला किनारको छटघाटबाट एक थान कटुवा पेस्तोल बुधबार बिहान प्रहरीले बरामद गरेको छ। उक्त स्थानमा स्थानीयले सरसफाइ...
बारा, कात्तिक २५ : जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित बाहुनी खोला किनारको छटघाटबाट एक थान कटुवा पेस्तोल बुधबार बिहान प्रहरीले बरामद गरेको छ।
उक्त स्थानमा स्थानीयले सरसफाइ गर्ने क्रममा माटोले पुरिएको अवस्थामा पेस्तोल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट औराहाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)