Kathmandu Press

१५ किलो चरेससहित चारजना पक्राउ 

गोरखा, कात्तिक २५ : अजिरकोट गाउँपालिका–५ चनौटेबाट करिब १५ किलो अवैध लागूऔषध चरेशसहित चारजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धार्चे गाउँपालिका–४ लाप्राक...
१५ किलो चरेससहित चारजना पक्राउ 
Hardik ivf

गोरखा, कात्तिक २५ : अजिरकोट गाउँपालिका–५ चनौटेबाट करिब १५ किलो अवैध लागूऔषध चरेशसहित चारजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धार्चे गाउँपालिका–४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका–१० छेपेटार बस्ने ३७ वर्षीय लाल बहादुर तामाङ, ३३ वर्षीया छेमेन तामाङ र ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन्।

बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा२०च ९३३२ नम्बरको जीपलाई ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखेर ल्याउँदै गरेको उक्त चरेससहित फेला पारी जिप चालक प्रवीणसमेत चारजनालाई पक्राउ गरेको हो।

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्