Kathmandu Press

साडीमा आगो लागेपछि व्रतालु महिला घाइते

जलेश्वर, कात्तिक २५ : महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला सख्त घाइते भएकी छने। जिल्ला प्रहरी कार्यालयका...
साडीमा आगो लागेपछि व्रतालु महिला घाइते
Hardik ivf

जलेश्वर, कात्तिक २५ : महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला सख्त घाइते भएकी छने। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे छठघाटमा पूजाको दिप प्रज्ज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका– ६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएकाले उनी सख्त घाइते भएकी थिइन्।

आगोले उनको महिलाको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकामा  थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो ।  त्यहाँ पनि उपचार सम्भव नभएकाले गएराति नै काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्