Kathmandu Press

ओली सरकारको असक्षमता नाप्न मेलम्ची आयोजना काफीः पौडेल

पोखरा, साउन ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पक्षपात र धाँधली गर्दै अघि बढेको आरोप लगाएका ....

ओली सरकारको असक्षमता नाप्न मेलम्ची आयोजना काफीः पौडेल
फाइल

पोखरा, साउन ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पक्षपात र धाँधली गर्दै अघि बढेको आरोप लगाएका छन्।

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पौडेलले भने,‘यो सरकार असफल भइसक्यो। सरकार विचारका आधारमा व्यवहार गरिरहेको छ।’ 

उनले सरकारको असक्षमता नाप्नका लागि मेलम्ची खानेपानी आयोजनामा देखिएको अलमल नै पर्याप्त भएको दाबी गरे। पौडेलले दुई तिहाईको वर्तमान सरकारबाट आमजनता निराश भइसकेको बताए।

उनले पौडेलले कांग्रेसले आफ्ना स्पष्ट दृष्टिकोण, कार्ययोजना र नीतिसहित जनतासामू जाने बताए। फरक प्रसंगमा पौडेलले पार्टीको १४ औं महाअधिवेशन समयमै नगरे पार्टीमा धोका हुने दाबी गरे।

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, साउन ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्