Kathmandu Press

तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

दमौली, कात्तिक २५ : तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन्। दश स्थानीय तहमध्ये ऋषिङ , घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको...
तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

दमौली, कात्तिक २५ : तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन्। दश स्थानीय तहमध्ये ऋषिङ , घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। 

दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमण घट्दै गएपछि जिल्लाका पाँच स्थानीय तह कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए। कोरोनामुक्त भएका स्थानीय तहमा कोरोना परीक्षण पनि न्यून छ। 

Hardik ivf

दोस्रो लहरको कोरोना सुरु भएपछि घिरिङका १३४, ऋषिङका ९१, देवघाटका ९०, बन्दीपुरका २६८ र आँबुखैरेनी गाउँपालिकाका १११ सङ्क्रमित निको भएका छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ छ । व्यास  १६, शुक्लागण्डकीमा १४, भानुमा दुई र भिमाद नगरपालिकामा तीन तथा म्याग्दे गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

पछिल्लो समय पाँच हजार ३६६ जनालाई सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये पाँच हजार २०४ जना निको भएका छन् । पीसीआर परीक्षणका लागि छ हजार ८८६ र एन्टिजेन परीक्षणका लागि आठ हजार २५४ नमूना सङ्कलन गरिएको थियो । दोस्रो लहरमा जिल्लाका १२४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

८६ हजारले लगाए खोप 

जिल्लामा हालसम्म ८६ हजार २१६ ले खोप लगाएका छन्। तीमध्ये दुवै मात्रा लगाउनेको सङ्ख्या ६५ हजार ८३८ रहेको छ। पूरा खोप लगाउनेमध्ये व्यासका १६ हजार ७४६, भानुका नौ हजार ४३६, शुक्लागण्डकीका १० हजार ६१, भिमादका छ हजार ५२५, म्याग्देका चार हजार ६४५, घिरिङका दुई हजार ७८८, ऋषिङका तीन हजार ७२९, देवघाटका तीन हजार पाँच सय ८९, बन्दीपुरका चार हजार ४७, आँबुखैरेनीका चार हजार २७२  छ। रासस
 

प्रकाशित मिति: ०९:१३ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्