Kathmandu Press

शिक्षामन्त्री पौडेल फ्रान्स प्रस्थान

काठमाडौं, कात्तिक २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन्।संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१औँ महासभामा...
शिक्षामन्त्री पौडेल फ्रान्स प्रस्थान

काठमाडौं, कात्तिक २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१औँ महासभामा भाग लिन मन्त्री पौडेल गएराति फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका हुन्।

महासभा बैठकमा शिक्षामन्त्री पौडेलले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ। युनेस्कोको मुख्यालयमा मंगलबारदेखि महासभा जारी रहेको छ।

शुक्रबार शिक्षामन्त्रीहरूको बैठकमा मन्त्री पौडेलले विश्वव्यापी आधुनिक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसमा १९३ राष्ट्रको प्रतिनिधित्व रहेको छ।

महासभामा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, यूनेस्कोका लागि नेपालका सहायक महासचिव डा. बाबुराम अधिकारी सहभागी हुने भएका छन्।

प्रकाशित मिति: ०७:५५ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्