Kathmandu Press

पूर्वयुवराज्ञी हिमानीद्वारा वीरगन्जको घडिअर्वा छठ घाटमा पूजाअर्चना

काठमाडौं, कात्तिक २४ : पूर्वयुवराज्ञी हिमानी शाहले बुधबार साँझ वीरगन्जको घडिअर्वा छठ घाटमा पूजाअर्चना गरेकी छन्। शाहले घडिअर्वा पोखरीको मध्य भागमा निर्मित सूर्य मन्दिरमा...
पूर्वयुवराज्ञी हिमानीद्वारा वीरगन्जको घडिअर्वा छठ घाटमा पूजाअर्चना

काठमाडौं, कात्तिक २४ : पूर्वयुवराज्ञी हिमानी शाहले बुधबार साँझ वीरगन्जको घडिअर्वा छठ घाटमा पूजाअर्चना गरेकी छन्। 

शाहले घडिअर्वा पोखरीको मध्य भागमा निर्मित सूर्य मन्दिरमा पूजाअर्चना गरेर फर्किएकी हु्न।

Hardik ivf

छठ पूजाको समयमा नेपालमै सर्वाधिक चर्चामा रहने वीरगन्जको घडिअर्वा छठ घाटमा पूर्वराजसंस्थाका प्रमुख व्यक्तिको आगमन भएको हो।

छठी माताको दर्शनको लागि आउँदा घाट केही बेर अस्तव्यस्त बन्न पुगेको थियो। साँझ ५ः४५ मिनेटमा घाटको १ नम्बर गेटबाट शाह घाटमा प्रवेश गर्दा ठीक त्यसै समय व्रतालु तथा उनीहरुका आफन्त सोही गेटबाट बाहिरिदै थिए।

केही महिला सुरक्षाकर्मी तथा राजसंस्था समर्थकहरूले त्यहाँ शाहसँग सेल्फी खिच्‍न खोजेपछि उनले फेस मास्क खोलेकी थिइन। त्यसै, क्रममा उनले त्यहाँ उपस्थित समर्थकहरूलाई अभिवादन फर्काएकी थिइन्। शाहको सुरक्षार्थ त्यहाँ ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी तैनाथ थिए। मूल गेटमै निर्मित स्वागतद्वारमा भीडभाडबीच शाहले पानसमा दीप प्रज्वलन गरेकी थिइन्।

प्रकाशित मिति: २०:४३ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्