Kathmandu Press

नेकपामा क-कसले पाए विभाग प्रमुख र उपप्रमुखको जिम्मेवारी (सूचीसहित)

काठमाडौं, साउन ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३२ वटा विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। 

प्रधानमन्त्रीको सरकारी ....

नेकपामा क-कसले पाए विभाग प्रमुख र उपप्रमुखको जिम्मेवारी (सूचीसहित)

काठमाडौं, साउन ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३२ वटा विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालयको बैठकले विभाग प्रमुख र उपप्रमुखको जिम्मेवारी टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए। 

बैठकले लामो समय नेतृत्वको विषयमा विवादमा तानिएको स्कुल विभागको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतम र उपप्रमुखको जिम्मेवारी जनार्दन शर्मालाई दिइएको छ। 

यस्तै, प्रचार विभागको जिम्मेवारी प्रवक्ता नारायणकाजी श्रेष्ठ, विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाल र नीति तथा प्रतिष्ठान विभागको जिम्मेवारी झलनाथ खनाललाई दिइएको छ। 

हेर्नुस् कसले कुन विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी पाए:
 

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, साउन ३१, २०७६