Kathmandu Press

भिन्न भिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं, कात्तिक २४ : मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित मनढोका खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँका ६५ वर्षीय उत्तर...
भिन्न भिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं, कात्तिक २४ : मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित मनढोका खोलामा एक जना मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँका ६५ वर्षीय उत्तर बहादुर रुम्बा मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

अछामको रामारोशन गाउँपालिका ६ का ३० वर्षीय गगने साउद सोही ठाउँस्थित सालघारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। कात्तिक २१ गतेदेखि हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सान्तडाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो।

बाजुराको बुढिगंगा नगरपालिका ४ कोल्डाडाका ६२ वर्षीय केहेरे कटुवाल सोही नगरपालिका ८ रिठाबगरस्थित बुढिगंगा नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन्। कात्तिक २२ गतेदेखि हराई बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी टाटे बाजुराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। 

पाल्पाको निस्दी गाउँपालिका ४ आमडाँडाका ७१ वर्षीय बिष्णु बहादुर सुनारी घर नजिकै गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन्। कात्तिक २० गते घरबाट हिँडेको र फर्की नआए पछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:४० बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्