Kathmandu Press

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु   

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु   

काठमाडौं, कात्तिक २४ : दैलेखको भगवतीमाई गाउँपालिका ७ पानीमुलस्थित सडकमा ट्याक्टरको ठक्करबाट एकम बालकको मृत्यु भएको छ। 

भे.१ त ९३८६ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय विजयसिंह सुनारको छोरा १० वर्षीय हिक्मत सुनारको मंगलबार साँझ मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

Hardik ivf

नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका ७ पर्सास्थित सडकमा यूपी ५६ एबि ६३४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। भारत महाराजमघजका २७ वर्षीय अवदेश राजभरको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा बस र ट्रक आपसमा ठक्किएिर दुर्घटना भएको छ। ना.७ ख ८७६ नम्बरको बस र प्रदेश २ ०३००१ ख ५०३५ नम्बरको ट्रक एकआपसमा ठक्किदा बसमा सवार पहिचान नखुलेका दुई पुरुषको मृत्यु भएको छ। 

मंगलबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० वर्षीय र अन्दाजी ३५ वर्षीय पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ, बेलबारी नगरपालिका ८ भाउन्ने जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका ७ गोरे खोलास्थित सडकमा हेलम्बुबाट मेलम्चीतर्फ जाँदै गरेको बा.४ ख ५८१५ नम्बरको बस उकालो चढ्न नसकी पछाडी ब्याक हुँदा सोही बसमा सवार यात्रुहरु आत्तिएर हाम फाल्दा हेलम्बु गाउँपालिका ३ का ५५ वर्षीया पासाङ तामाङको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य ५ जनालाई उपचारको लागि  मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र हुँदै थप उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्