Kathmandu Press

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं, कात्तिक २४ :  मकवानपुरको मनहरी गाउँपालिका ९ जयसिंहस्थित सडकबाट १ सय २२ केजी अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। राक्सीराङ गाउँपालिका...
अवैध लागूऔषधसहित चार जना पक्राउ
Hardik ivf

काठमाडौं, कात्तिक २४ :  मकवानपुरको मनहरी गाउँपालिका ९ जयसिंहस्थित सडकबाट १ सय २२ केजी अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। राक्सीराङ गाउँपालिका २ का ४२ वर्षीय नर बहादुर मुक्तानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त सडक किनारामा मुक्तानलाई शंकास्पद सामानको सुरक्षा गरी बसिरहेको अवस्थामा फेला पारी  जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। उनी उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 
कास्की, पोखरा महानगरपालिका ८ सिमलचौरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल र फेनेरागन ७२ एम्पुल सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने लमजुङ दोर्दी गाउँपालिका ७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मी मालिका गाउँपालिका(२ घर भएकी ३१ वर्षीया कोपिला अर्याल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो। उनीहरु उपर कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे धिमाल टोलबाट करिब १ ग्राम ४ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ५० हजार ४ सय रुपैयाँसहित सोही ठाउँ बस्ने २३ वर्षीय सबिन लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १८:३१ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्