Kathmandu Press

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ

कैलाली, कात्तिक २४ : टिकापुर नगरपालिका १ स्थित सिद्वार्थ होटल नजिकै २३ वर्षीय भुपेन्द्र बडुवालको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। हत्याको...
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ

कैलाली, कात्तिक २४ : टिकापुर नगरपालिका १ स्थित सिद्वार्थ होटल नजिकै २३ वर्षीय भुपेन्द्र बडुवालको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। हत्याको अभियोगमा प्रहरीले मंगलबार ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका ३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, २२ वर्षीय कपिल श्रेष्ठ तथा १८ वर्षीय किशोर, २३ वर्षीय प्रबीन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह रहेका छन्।

Hardik ivf

अपरिचित ब्यक्तिहरुको धारिलो हतियार प्रहारबाट भुपेन्द्र गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन गरी तत्काल घाइतेलाई उपचारको लागि टिकापुर अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो। घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र.०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

सोही बिषयलाई लिएर मृतकका आफन्तहरुले चिसापानी बजारस्थित महेश रावलको संगम होटल, भैरव शाही र राज बहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ। साथै उनीहरुले लम्कीचुहा नगरपालिका १ स्थित लम्की चोकमा पूर्व पश्चिम राजमार्ग समेत अवरोध गरेकोले हटाउने पहल भइरहेको छ।

घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति: १८:३० बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्