Kathmandu Press

नेकपाले लगायो विभागको टुंगो, अन्ततः ईश्वर पोखरेलले पाए स्कुल विभाग

काठमाडौं, साउन ३१ : नेकपा स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचि....

नेकपाले लगायो विभागको टुंगो, अन्ततः ईश्वर पोखरेलले पाए स्कुल विभाग

काठमाडौं, साउन ३१ : नेकपा स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पोखरेललाई स्कुल विभाग प्रमुख दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसअघि पूर्वमाओवादी नेता श्रेष्ठले पनि दाबी गरेपछि स्कुल विभाग प्रमुखमा विवाद भएको थियो।

पूर्वएमालेतर्फबाट अध्यक्ष केपी ओली निकट नेताहरूले पोखरेललाई र अन्य नेताहरूले घनश्याम भुषाललाई स्कुल विभाग प्रमुख बनाउन लबिङ गरिरहेका थिए। त्यस्तै, पूर्वमाओवादी तर्फबाट नारायणकाजीलाई स्कुल विभाग प्रमुख बनाउन लबिङ भइरहेको थियो।

प्रवक्तासमेत रहेका श्रेष्ठलाई प्रचार विभागको जिम्मा दिइएको छ।

त्यस्तै, नेकपा ३३ विभागमध्ये १९ पूर्वएमालेको र १४ पूर्वमाओवादीको भागमा परेका छन्। जसमध्ये विदेश विभाग प्रमुख माधव नेपाल, उपप्रमुख राम कार्की तय भएका छन्।

यसैगरी, झलनाथ खनालले नीति तथा प्रतिष्ठान विभागको जिम्मा पाएका छन् भने संगठन विभाग प्रमुखमा वामदेव गौमत तय भएका छन्।

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, साउन ३१, २०७६