Kathmandu Press

मोटरसाइकलमार्फत ‘काठमाडौं–टु–काशी’ सांस्कृतिक र्‍याली

काठमाडौं, कात्तिक २४ : प्रोग्रेसिभ भारत ७५औं वर्षका अवसरमा कात्तिक २५ गते बिहीबार (भोलि) काठमाडौंदेखि काशीसम्मको मोटरसाइकल र्‍याली सुरु हुने भएको छ। ‘आजादीका...
मोटरसाइकलमार्फत ‘काठमाडौं–टु–काशी’ सांस्कृतिक र्‍याली

काठमाडौं, कात्तिक २४ : प्रोग्रेसिभ भारत ७५औं वर्षका अवसरमा कात्तिक २५ गते बिहीबार (भोलि) काठमाडौंदेखि काशीसम्मको मोटरसाइकल र्‍याली हुने भएको छ। ‘आजादीका अमृत महोत्सव’ को अवसरमा उक्त र्‍याली गर्न लागिएको हो।

भारतीय राजदूतावासले आयोजना गरेको र्‍याली रोयल इन्फिल्डसँगको सहकार्यमा हुँदैछ। बाइक र्‍याली बिहीबार बिहान साढे ८ बजे पशुपति परिसरबाट सुरु हुनेछ।

महोत्तरी, सारनाथ हुँदै काशी पुग्ने र्‍याली सोही रुट हुँदै फर्किनेछ। उक्त र्‍यालीले नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो र सुदृढ गरिने अपेक्षा गरिएको छ।

‘कनेक्टिङ काठमाडौं–टु–काशी’, ‘सिमेन्टिङ कल्चर बोन्ड’, ‘प्रोमोटिङ पिपल–टु–पिपल कनेक्ट’, ‘भारत–नेपाल मित्रता’ जस्ता प्रमुख उद्देश्यले उक्त र्‍याली गर्न लागिएको हो। 

मोटरसाइकल र्‍याली भएका कारण पनि विशेषतः नेपाल–भारतका युवाको सहभागिता ररहनेछ।

प्रकाशित मिति: १६:३५ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्