नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको आठौं साधारण सभा सम्पन्न

काठमाडौं, कात्तिक २४ : नेवाः पत्रकार राष्ट्रिय दबू ख्वप कच्चाको आठौं वार्षिक साधारण सभा आज (बुधबार) सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि एवं नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचर्यले नेवाः पत्रकारहरुको हकहितको लागि स्थापना गरिएको दबूले नेवा पत्रकारहरुलाई क्षमता अभिवृद्धिका तालिमहरु आवश्यक रहेको बताए । यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्दै जानुपर्ने उनको भनाइ छ ।
यस्तै सोही कार्यक्रममा बोल्दै बज्राचर्यले दबूले मातृभाषा पत्रकारितामा विषेश कार्यक्रमहरु गर्दै आएको पनि जानकारी दिए । कार्यक्रममा भक्तपुर शाखाको नेपल सम्वत ११४२ को क्यालेन्डर बिमोचन गर्दै भक्तपुर शाखाले एउटा नमुनाको काम गरेको पनि उनले बताए ।
कार्यक्रममा भक्तपुर शाखाले राससका पत्रकार रत्न श्रेष्ठद्धारा उनका आमाबुवाको नाममा नगद १० हजार सहितको स्व.हरिलाल श्रीलक्ष्मी स्मृति नेवाः पत्रकारिता पुरस्कारको स्थापना गरिने व्यवस्था गरेको नेवाः पत्रकारहरुलाई उत्साह प्रदान गर्ने राम्रो कामको शुरुवात भएको उनको भनाइ छ । बज्राचार्यले पत्रकार महासंघसँग आव नभएका नेवाः पत्रकारहरुलाई आवश्यक सहयोगको लागि स्थपना गरिएको कल्यानकारी कोषमा करिव २० लाख रुपैयाँ जम्मा भइसकेको पनि जानकारी दिए ।

यस्तै दबूका केन्द्रिय सचिव कृष्ण काजी मानन्धरले नेवाः पत्रकारहरु धेरै भए तापनि अझ पनि मुख्य ठाउँमा पुग्न नसकेको र संचार क्षेत्रमा अग्रभागमा बसेर काम गर्न नसकेको बताए । त्यसैले नेवाः पत्रकारहरुको क्षमता अभिबृतिको विभिन्न कार्यक्रमहरुको आवश्यकता देखिएको हुनाले अब यस्ता क्षमता अभिबृद्धि कार्यक्रममा विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा सभापतित्व गरिरहेका दबू भक्तपुर शाखाका अध्यक्ष राम गोपाल तमखुले आफ्नो दुई वर्षको कार्यकालमा पहिलो बर्ष सोचे अनुसारको केहि काम गरेतापनि दोस्रो वर्ष कोभिडका कारण केहि गर्न नसकेको बताउँदै अब नेवाः पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न तालिमहरु गर्दै जाने बताए ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
