आधारभूत तहपछि अब स्नातकोत्तरमा पनि नेपाल भाषाको पढाइ
काठमाडौं, कात्तिक २४ : प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषाको पढाइ हुने भएको छ।करिब दुई वर्ष निरन्तर प्रयासपछि स्नातककोत्तर तहमा नेपाल भाषामा अध्यापन...
काठमाडौं, कात्तिक २४ : प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषाको पढाइ हुने भएको छ।
करिब दुई वर्षकाे निरन्तर प्रयासपछि स्नातककोत्तर तहमा नेपाल भाषामा अध्यापन हुन लागेको हो। जसका लागि आउँदो कात्तिक २७ गते प्रवेश परीक्षा हुँदैछ।
हालसम्म करिब १५ परीक्षार्थीको आवेदन परेको नेपाल भाषा शिक्षक डा. चन्द्रमान बज्राचार्यले बताए।
नेवाः विद्यार्थी युनियनको पहलमा दुई वर्षपछि नेपाल भाषालाई मूलधारको विषयका रूपमा पाठ्यक्रममा स्थापना गर्न सफल भएको युनियनका अध्यक्ष रिदेन महर्जनले बताए।
काठमाडौं महानगरपालिकाको सहकार्यमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक विज्ञानअन्तर्गत नेपाल भाषाको पढाइ हुन लागेको हो।
काठमाडौं महानगरकै पहलमा आफ्नो क्षेत्रका विद्यालयहरूमा आधारभूत तह (कक्षा १ देखि ८) सम्म नेपाल भाषाको पढाइ अनिवार्य गरिएको छ।
प्रकाशित मिति: १५:४५ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
